फिल्म ‘कस्तुरी’को अन्तिम चरणको छायांकन सुरु भएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको बाँकी छायांकन काठमाडौंमा सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
फिल्मको ९० प्रतिशत छायांकन सकिएको र अब बाँकी १० प्रतिशत काम पनि चाँडै पूरा गर्ने तयारीमा निर्माण टिम छ । प्रतिकूल परिस्थितिका कारण केही समय ढिलाइ भएको फिल्मको काम अब तीव्र गतिमा अघि बढ्ने निर्माण टिमले जनाएको छ ।
ऋत बोहोराको निर्देशन रहेको फिल्ममा वर्षा र निखिलसँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय छ । क्यामियो भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा पनि निर्देशक बोहोराले नै लेखेका हुन् । फिल्मका निर्माता धिरजकुमार अग्रवाल हुन् भने अञ्जली चौधरी सहनिर्मातामा छिन् । आलोक शुक्ला छायाकार रहेको फिल्ममा ललित विष्ट सहायक निर्देशक छन् । प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्मको निर्माण व्यवस्थापन दिलीप पन्तले सम्हालिरहेका छन् ।