फिल्मी फण्डा। म्युजिक गार्डेनको प्रस्तुतिमा तयार पारिएको नयाँ लोकदोहोरी गीत ‘काउरेको भिरालो’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली मौलिक लोकदोहोरीको मिठास र आधुनिक सांगीतिक शैलीको सम्मिश्रण रहेको गीतमा गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वर रहेको छ।
गीतमा श्रीधर अधिकारीको शब्द तथा संगीत रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेको गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको काम श्याम सावत रसाइलीले गरेका छन्।
गीतको भिडियोमा सुमन कार्की र स्नेहा भट्टराई मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको आकर्षक अभिनय र नृत्यले भिडियोलाई थप मनोरञ्जनात्मक बनाएको छ। मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङले छायाङ्कन गरेका हुन्। भिडियोको सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका छन्।