नयाँ दशैँ गीत ‘मै परे चटक्कै’ सार्वजनिक

काठमाडौं । बडादशैँलाई लक्षित गर्दै नयाँ दशैँ गीत ‘मै परे चटक्कै’ सार्वजनिक गरिएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दशैँको उल्लासलाई समेटिएको गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

बिदुर राज गिरीको शब्द रहेको गीतमा धनबहादुर गिरी (बाबुल)को संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ छ। गीतमा गायिका मेलिना राई र गायक विधान कालिकोटेको स्वर रहेको छ।

गीतको भिडियोमा सरोज प्रजा, बिना राउत, रोशन तामाङ, रामहरि खड्का, पैसा घिमिरे र बद्री पुडासैनीलगायत कलाकारले अभिनय गरेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी, अजय रेग्मीको छायांकन र सागर बुर्जाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोका निर्माता मेघराज धिमाल हुन्।

दशैँको उमंग, पारिवारिक भेटघाट तथा नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखेर गीतको भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा संगीत, नृत्य र कलाकारको प्रस्तुतिलाई प्राथमिकता दिइएको छ।

निर्माण पक्षले गीतलाई हेरेर प्रतिक्रिया तथा सेयरमार्फत साथ दिन दर्शक तथा संगीतप्रेमीलाई आग्रह गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech