फिल्म पोस्टपोण्ड हुने हल्लाको बिच 'एक भगवत् गीता' को पोस्टर सार्वजनिक, भदौ २९ मै रिलिज हुने 

फिल्मी फण्डा । झरना थापाको निर्देशनमा बनेको फिल्म 'एक भगवत् गीता'को नयाँ पोस्टर सार्वजनिक गरीएको छ । निर्माण टिमले फरक फरक पाँच पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिजको मिति भदौ २९ लाई नै यथावत् राखेको छ । फिल्म पोस्टपोण्ड हुने चर्चा चलिरहँदा निर्देशक झरना थापाले पोस्टर सार्वजनिक गर्दै आफ्नो फिल्म निर्धारित मितिमै रिलिज हुने जानकारी दिएकी हुन् ।

सार्बजनिक पोस्टरमा सुहाना थापा, विपिन कार्की र धिरज कार्की फिचर्ड छन् ।  पोस्टरमा सुहाना र धीरजको प्रेम भाव सहित देखिएका छन् भने विपिन आक्रोसित मुद्रामा देखिएका छन् । फिल्ममा विपिन कार्की कमलावाईको भुमिकामा देखिने छन् । 

झरना थापाको तेस्रो निर्देशकिय फिल्म एक भगवत् गीतामा सुहाना थापा, धिरज मगर, विपिन कार्कि को अलावा अनुराग कुँवर, कबिर खड्का, सन्जोग रसाइली जेभिस र जेभिन श्रेष्ठको मुख्य भुमिकामा देखिदैछन् । 

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मलाई सुनिल कुमारले निर्माण गरेका हुन्  । फिल्ममा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 

367736867_343022054718535_5475047100920584605_n.jpg

368136018_343022061385201_6574241602132805059_n.jpg368360269_343021994718541_1232510513912369478_n.jpg368206690_343022088051865_3541801106478239166_n.jpg367756667_343022098051864_6690387348224368799_n.jpg

 

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech