फिल्मी फण्डा। नेपाली बक्स अफिसमा पछिल्लो समय फिल्महरूको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। यसैबीच, प्रदर्शनरत म्यान्डेटरी सामाजिक कथामा आधारित फिल्म ‘पेन्सन पट्टा’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म को रूपमा आफ्नो नाम दर्ता गराएको छ।
चलचित्र विकास बोर्ड र बक्स अफिस रिपोर्ट अनुसार, बुधबारसम्म यस फिल्मले देशव्यापी रूपमा ९ करोड ४५ लाख रूपैयाँ को ग्रस कलेक्सन गर्न सफल भएको छ। यो सानदार कमाीसँगै ‘पेन्सन पट्टा’ ले यसअघि दोस्रो स्थानमा कब्जा जमाएको फिल्म ‘लालीबजार’ लाई पछि पारेको छ। विकास बोर्डको तथ्यांकअनुसार ‘लालीबजार’ ले ९ करोड ३२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो।
यस वर्षको बक्स अफिस कलेक्सनमा भने ‘गौंथली’ ले २६ करोड रूपैयाँभन्दा बढीको रेकर्ड ब्रेक व्यापार गर्दै पहिलो स्थान ओगटेको छ। पेन्सन जीवन र पारिवारिक यथार्थको बलियो कथा
माओत्से गुरूङको निर्देशनमा तयार भएको यस फिल्मले पेन्सनधारीको जीवन, पारिवारिक सम्बन्ध र समाजको यथार्थ कथालाई पर्दामा उतारेको छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ र विश्वास गुरूङलगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। दर्शकहरूले यसको भावनात्मक कथावस्तु र यथार्थपरक अभिनयलाई अत्यधिक रुचाएका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म हाल पनि देशका विभिन्न हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। फिल्मको गति र दर्शकहरूको निरन्तर साथ हेर्दा यसको कुल कमाइ अझै बढ्ने र नयाँ कोसेढुङ्गा पार गर्ने अपेक्षा गरिएको छ।