सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ भव्य समारोहबीच लोकार्पण गरिएको छ।

प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको पुस्तकमा देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनालाई समेत प्रस्तुत गरिएको छ।

पुस्तक लोकार्पण समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा पुस्तक समीक्षक दीपशिखा घिमिरे र नवीन खत्रीले ‘कलेजी प्रेम’माथि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।

लेखक भट्टराईका अनुसार ‘कलेजी प्रेम’ प्रेमकथामा मात्र सीमित छैन। पुस्तकले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ।

लोकार्पण समारोहमा साहित्यकार, शुभेच्छुक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

लेखक भट्टराईले पुस्तक लोकार्पण समारोहमा सहभागी भई कार्यक्रमलाई गरिमामय बनाउने सम्पूर्ण अतिथि, साहित्यकार, पाठक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech