मिनु शर्मा प्रोडक्सनको प्रस्तुति तथा शिवम अधिकारीको लेखन तथा निर्देशनमा फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजा गरेपछि आयोजित एक कार्यक्रमबीच फिल्मको मुहूर्त गर्दै निर्माणबारे जानकारी गराइएको हो।
फिल्मको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोल्दा नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेतले क्ल्याप दिएका थिए भने क्यामेरामा पत्रकार सरिता भारती थिइन्। नरिवल फुटाउने जिम्मेवारी भने चर्चित भिलेन सुशान्त श्रेष्ठले निभाएका थिए।
आफ्नो दोस्रो फिल्म निर्माण गर्न लागेकी निर्माता मिनु शर्माले पहिलो फिल्म सफल भए पनि आफूले व्यक्तिगत रूपमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताइन्। ‘सेतो कोट’ले भने आफूलाई पनि सफल बनाउने अपेक्षा रहेको उनको भनाइ थियो।
फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेकी ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताइन्। निर्मातासँगको कुराकानीपछि आफू फिल्ममा जोडिएको उनले जानकारी दिइन्।
अभिनेता नीर शाहले सेतो रङकै अभाव भइरहेको समयमा यो फिल्मले सेतोपन जोगाउने अपेक्षा व्यक्त गरे। अशोक दर्जीले टिमसँग काम गर्न उत्साहित रहेको बताए। पूजा शर्माले भने आफूले फिल्मको कथा खोल्न सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन्।
स्क्रिप्ट लेखनमै व्यस्त रहने शिवम अधिकारी यसपटक निर्देशनमा पनि सक्रिय हुन लागेका छन्। निर्देशनका लागि बढी मेहनत र समय आवश्यक पर्ने भएकाले यसपटक त्यसका लागि समय छुट्याएको उनले बताए।
फिल्मको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको निर्माण पक्षले जनाएको छ। नेपाली फिल्ममा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक र प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने निर्माण पक्षको विश्वास छ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् भने फणीन्द्र तामाङ कार्यकारी निर्माता छन्।
फिल्ममा नीर शाह, अशोक दर्जी, पूजा शर्मा र सुमित्रा दाहालसँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।
फिल्मको छायांकन काठमाडौं, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। सौरभ लामाले छायांकन गर्ने फिल्मको सम्पादन बन्दे प्रसादले गर्नेछन् भने संगीत स्टिभ शंकरको रहनेछ।
फिल्ममा अरुण रेग्मी हेड अफ प्रोडक्सन, नवराज शर्मा मुख्य सहायक निर्देशक, भावेश ढकाल बजार व्यवस्थापक, सञ्जीव खड्की प्रचार सामग्री डिजाइनर, डुक्राज कला निर्देशक तथा दीप्त प्रकाश अधिकारी र एलियास