फिल्म ‘अरिङ्गाल’को छायांकन सुरु

 ट्रु इन्टरटेनर्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म ‘अरिङ्गाल’को छायांकन पर्वतको रमणीय स्थल राम्जाबाट सुरु भएको छ। बिहीबार कलाकार तथा निर्माण टिमले क्यामेरा पूजा गर्दै फिल्मको छायांकन शुभारम्भ गरेका हुन्।

अमृतो स्वामीको निर्देशनमा बन्ने फिल्ममा निश्चल खड्का र सोफि धरेल मुख्य भूमिकामा छन्। फिल्मको छायांकन राम्जामा १० दिन गरिनेछ भने बाँकी एक महिना काठमाडौंमा छायांकन हुने लाइन प्रोड्युसर पुष्कर लामाले जानकारी दिए।

फिल्मको विषयवस्तु र अन्य कलाकारबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech