‘टनेल २६’ रिलिजअघि अनुप बिक्रमको ठूलो दाबी– नेपाली फिल्ममा पहिलोपटक...

काठमाडौं । अभिनेता अनुप बिक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको फिल्म असोज २३ गते अर्थात् अक्टोबर ९ मा रिलिज हुँदैछ।

फिल्मबारे कुरा गर्दै अनुपले ‘टनेल २६’मा यसअघि नेपाली फिल्ममा खासै नदेखिएको कथा प्रस्तुत गरिएको बताए। उनका अनुपसार फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले यी विधा मन पराउने दर्शकका लागि फिल्म विशेष हुन सक्छ।

‘टनेल २६’लाई नेपाली फिल्म उद्योगको इतिहासमै पहिलो जम्बी फिल्मका रूपमा प्रस्तुत गरिएको अनुपको भनाइ छ।

फिल्मको निर्माण नेपाल, भारत र भुटानको सहकार्यमा भए पनि यसलाई भुटानी फिल्मका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे। नेपालमा फिल्म नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको भाषाअनुपसार डब गरेर रिलिज गरिने उनले बताए।

वास्तविक टनेलभित्र गरिएको सुटिङका क्रममा निकै कठिन अनुभव भए पनि अहिले फिल्मको टिजर र दर्शकको प्रतिक्रियाले ती सबै दुःख बिर्साएको अनुपले बताए।

‘टनेल २६’को टिजरले राम्रो प्रतिक्रिया पाइरहेको र फिल्मप्रति दर्शकको कौतुहलता बढेको उनको भनाइ छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech