काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘शुभ विवाह’को सम्पूर्ण छायांकन ४० दिनमै सकिएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै फिल्मको छायांकन सुरु गरेको थियो।
४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको सुटिङ पाँच दिन अगावै सकिएको निर्देशक थापाले जानकारी दिए। उनका अनुसार कलाकार तथा प्राविधिकहरूको अथाह मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन पूरा गर्न सम्भव भएको हो।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहेको छ।
निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए।
सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन (डीओपी) तथा मिलन श्रेष्ठले सम्पादन गरेका छन्। राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गर्नेछन् भने विक्रम स्वारले नृत्य निर्देशन गरेका छन्। फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्दैछन्।
फिल्ममा बसन्त अधिकारी प्रमुख चिफ सह–निर्देशक तथा साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा छन्। मनोज लामा ध्वनि, रोशन दिवाना कला निर्देशन तथा सुदीप ढकाल प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्।
‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मेवारी भिष्म फिल्मस् र श्री राम बालाजीले लिएका छन्।