फिल्मी फण्डा । भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण हजारौं नागरिक प्रभावित भएका छन् भने ठूलो संख्यामा जनधनको क्षति भएको सरकारी विवरण छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।
सरकारले राहत तथा पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ। उक्त कोषमा कलाकार तथा कलाकर्मीहरूले पनि आर्थिक सहयोग घोषणा तथा प्रदान गरेका छन्।
कतिपय कलाकारले नगद सहयोग गरेका छन् भने केहीले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री वितरण गरिरहेका छन्। कलाकार पल शाह, दीपाश्री निरौला, दुर्गेश थापालगायत विभिन्न कलाकर्मी राहत तथा उद्धार अभियानमा जोडिएका छन्। अभिनेता निखिल उप्रेतीले आफ्नो फिल्मको एक शो च्यारिटीका रूपमा प्रदान गर्ने घोषणा गरेका छन्।
कलाकर्मीमध्ये केहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेका छन्। उपलब्ध विवरणअनुसार सहयोग गर्ने कलाकर्मी तथा चलचित्र टिमको सूची यस्तो छ।
योगेश्वर अमात्य – १ करोड १० लाख
कन्दरा ब्याण्डका विवेक श्रेष्ठ - रु. २१ लाख
फिल्म ‘गौथली’ परिवार – रु. १४ लाख
फिल्म ‘पार्वती’ टिम - झण्डै रु. १२ लाख
गायक सुशान्त केसी - रु. १० लाख
ओएसआर डिजिटल – पाँच लाख एक हजार
पारस बम ठकुरी ‘कुल ब्वाय’ - रु. ५ लाख
शारदा गिरी (कालीबुढी) – ५ लाख
जोन एन्डी लोकल्स ब्यान्ड - रु. ५ लाख
दीपकराज गिरी र दीपाश्री निरौला - रु. ३ लाख
अभिनेत्री वर्षा शिवाकोटी - रु. ३ लाख
भुवन–बसुन्धरा–चैत्य फाउण्डेशन - रु. ३ लाख
नीति शाह र त्रिसरा रेस्टुरेन्ट - रु. ३ लाख
विपना थापा तथा डा. आशुतोष भारद्वाज - रु. २ लाख ५१ हजार १११
फिल्म ‘बा ए योद्धा’ टिम - रु. २ लाख
मह जोडी - रु. २ लाख
चलचित्र ‘चिरञ्जीवी भव’ – १,५१,०००
विराज भट्ट - रु. १ लाख ५१ हजार
आकाश श्रेष्ठ – १ लाख ५१ हजार
गीतकार संघ नेपाल - रु. १ लाख १५ हजार
फिल्म ‘युग’ टिम - रु. १ लाख १ हजार
रचना रिमाल - रु. १ लाख
बेनिशा पौडेल - रु. १ लाख
मेलिना राई - रु. १ लाख
प्रकाश सपूत - रु. १ लाख
शर्मिला थापा – १ लाख
सुरेन्द्र गुरुङ (अमेरिका) – ८५ हजार
बिनिता कार्की - रु. ६१ हजार २४२
रोहित अधिकारी - रु. ५१ हजार ५००
सन्दिप क्षेत्री – ५१ हजार
विक्रान्त बस्नेत – ५१ हजार
सुजाता केसी – ५१ हजार
विपिन कार्की - रु. ५१ हजार
जितु नेपाल - रु. ५१ हजार
चक्र बम - रु. ५१ हजार
माल्भिका सुब्बा - रु. ५० हजार
शान्तिश्री परियार - रु. ५० हजार
टीका सानु - रु. ५० हजार
गोविन्द शाही - रु. ५० हजार
सुशील पोखरेल - रु. ३३ हजार ३३३
हिमाल सागर - रु. २७ हजार ७७७
आशिष पुरुष (दुबई) – २७,७७७
शिव परियार - रु. २५ हजार
एलिना चौहान - रु. २५ हजार
चन्द्र शर्मा - रु. २५ हजार
दीपिका व्याम्बु - रु. २५ हजार
प्रताप दास - रु. २५ हजार
अर्जुन सापकोटा - रु. २५ हजार
मञ्जु पौडेल - रु. २५ हजार
शिवशंकर रिजाल - रु. २१ हजार
टिका प्रसाई – २१,१५१
राधिका हमाल - रु. २१ हजार
किरण केसी – रु. २०,०००
मेनुका माझी - रु. २० हजार
रामकृष्ण ढकाल - रु. ११ हजार
आनन्द कार्की - रु. ११ हजार
राहत सामग्री तथा उद्धार
बल्छी धुर्बेसहित ‘जुठे’/‘हल्का रमाइलो’ टोली - करिब रु. १ लाख बराबरको राहत सामग्री वितरण
पल शाह - राहत सामग्री वितरणमा सक्रिय
दुर्गेश थापा - राहत सामग्री वितरणमा सक्रिय
रविन्द्रसिंह बानियाँ - राहत वितरण तथा उद्धारमा सक्रिय
रौनक विक्रम कँडेल - राहत वितरण तथा उद्धारमा सक्रिय
बिहानी पंगेनी - उद्धार तथा राहत वितरणमा सक्रिय
निखिला उप्रेती–‘च्यारिटी’का लागि ‘आचार्य’ फिल्मको एक शो दिने घोषणा।
अनमोल केसी - (सहयोग रकम खुलाइएको छैन)
समीक्षा अधिकारी – (सहयोग रकम खुलाइएको छैन)
केदार घिमिरे (माग्ने) – (सहयोग रकम नखुलाइएको)
कलाकारहरूको सहयोग नगदमा मात्र सीमित छैन। केही कलाकर्मी स्वयं प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, कपडा तथा आवश्यक सामग्री वितरणमा सक्रिय छन्। यसले विपद्का बेला मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तिहरूको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियतालाई पनि देखाएको छ। उपलब्ध विवरणअनुसार माथि उल्लेखित रकम नगद सहयोगसम्बन्धी सार्वजनिक रूपमा आएको विवरण हो।