मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु

फिल्मी फण्डा । मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन् । ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न सिकाएको, आत्मविश्वास बढाएको र अझ सबल तथा परिपक्व व्यक्तित्वका रूपमा विकास गरेको बताएकी हुन् ।
kashis.jpg

मियिाबिच आफ्नो अनुभव साझा गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर प्रदान गरेको उल्लेख गरेकी छन् । “मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाइरहेको छ । म केही गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको छ,“ उनले भनेकी छन् ।
kashis2.jpg

फेशन मोडल, फेशन स्टाइलिस्ट र फेशन डिजाइनर बन्ने सपना बोकेकी कशिशले मिस नेपालको अनुभव आफ्नो भविष्यका लागि महत्वपूर्ण आधार बनेको विश्वास व्यक्त गरेकी छन् । प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई अझ मजबुत बनाएको उनको भनाइ छ ।
kashis1.jpg

फिनालेका लागि केही दिन मात्र बाँकी रहँदा उनले आत्मविश्वास, कृतज्ञता र दृढ विश्वासका साथ अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेकी छन् । साथै, अहिलेसम्म आफूलाई साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग गर्न अनुरोध पनि गरेकी छन् । उनले फिनालेमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएकी छन् । मिस नेपाल २०२६ को ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुँदैछ ।
kashis4.jpg
kashis3.jpg
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech