१६६ सहभागीबीच सम्पन्न ‘क्रिएटर समिट २०२६’, सिर्जनशीलता र डिजिटल सहकार्यमा जोड

फिल्मी फण्डा ।  नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित ‘क्रिएटर समिट २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

च्याँटे प्याँटे इन्क. को आयोजनामा भएको कार्यक्रममा १६६ सहभागी र ३० भन्दा बढी ब्रान्ड तथा साझेदार को सहभागिता रहेको थियो। यू.एस. सोयबिन एक्सपोर्ट काउन्सिल (USSEC) को Right to Protein अभियानले कार्यक्रमलाई सहयोग गरेको थियो।

समिटमा डिबा जियानोलिस, डा. आशेष भट्टराई, आनन्द बगारिया, साइग्रेश पोख्रेल, सन्जोग कोइराला, कविता नेपाली, इभाना मानन्धर, सबाना खातुन, ओडा स्टिन र उषा रजाक लगायतले कन्टेन्ट सिर्जना, व्यक्तिगत ब्रान्डिङ, उद्यमशीलता, डिजिटल प्रभाव र पोषण सचेतनाबारे विचार राखेका थिए।

कार्यक्रममा सन्दीप क्षेत्री को स्ट्यान्ड–अप कमेडी र वर्षा भण्डारी को कोरियोग्राफीमा फेशन शो पनि आकर्षण बनेको थियो। आयोजकका अनुसार समिटले नेपालमा जिम्मेवार डिजिटल प्रभाव, सहकार्य र जनचेतनामूलक अभियानलाई थप सशक्त बनाउने लक्ष्यलाई टेवा पुर्‍याएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech