फिल्मी फण्डा । एमएस प्रोडक्सन प्रालिले ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणका लागि आवेदन खुला गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतियोगिताकी राष्ट्रिय निर्देशक तथा फिल्म ‘लज्जावती’ की अभिनेत्री मेनुका माझीले आवेदन खुला भएको जानकारी दिइन्।
प्रतियोगितामा १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिलाले आवेदन दिन सक्नेछन्। पहिलो चरणको अडिसन असार २७ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने एसिया मोडल फेस्टिभल मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यस वर्षको ग्रान्ड फिनाले भदौ १४ गते काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ।