'जुलेबी' र 'हिँड्दा हिँड्दै' पनि डिजास्टर, बक्स अफिसमा फ्लप यात्रा कायमै

फिल्मी फण्डा । ४ महिना यता नेपाली बक्स अफिसमा कुनै फिल्म पनि हिट हुन सकेका छैनन् । लगातार फ्लप फिल्मको कारण थला परेको हल व्यावसायी भदौ लागेपछि तङ्ग्रिने आशामा थिए  । भदौ महिनाको प्रत्येक हप्ता २ फिल्म प्रदर्शन हुँदै थिए । त्यसै अनुसार भदौ को पहिलो हप्ता नै २ नेपाली फिल्महरु जुलेबी र हिँड्दा हिड्दैले बक्स अफिसमा हाजिरी लगाएका थिए । तर दुर्भाग्य ४ महिना यताकै नियति दोहोरियो । दुबै फिल्म बक्स अफिसमा डिजास्टर भए । ति दुबै फिल्मले अहिलेसम्म १ लाखको आसपासमा ग्रस कलेक्सन गरेको रिपोर्टहरु आएका छन् । 

स्टार भनिएका कलाकारहरु, फरक धारका भनिएका फिल्महरूले एक हजार दर्शकलाई पनि हलसम्म तान्त नसक्नु निकै आश्चर्यमा पर्ने कुरा हो । देशभर सयौं शो लिएर उत्रिएका दुबै फिल्मको टिकट बिक्री १ हजार पनि नाघ्न सकेको छैन । दर्शकले दुबै फिल्मलाई पुर्ण रुपले नकारिदिएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech