सारुक आत्महत्या 'इफेक्ट' : फिल्मलाई म्युजिक भिडियो बनाउन बाध्य निर्माण टिम

फिल्मी फण्डा । कलाकार सारुक ताम्रकारको आत्महत्यले ठुलो क्षती भएको छ । त्यो क्षती अरु कसैलाई नभएर उनकै पिता, परिवार र यनले अभिनय गरीरहेको अपुर्ण फिल्म 'ह्यासट्याग माया'लाई भएको हो । हुन त उनको परिवारले भोगेको क्षति सँग कुनै आर्थिक क्षतीलाई तुलन गर्नै सकिदैन । तर एक सक्षम युवाले गरेको आत्महत्यालाई भावनात्मक बनाइरु प्रचार गर्नुपनि सहि हुदैन । उनको आत्महत्या गतल मात्रै नभएर पारिवारीक र मानविय दृष्टिकोणबाट हेर्ने हो भने एक अपराध भन्दा कम छैन । उनले आफ्नो पितालाई जुन चोट दिएर गएकाछन् त्यसको कुनै भर्पाइ हुनै सक्छैन । साहरुखले परिवारलाई मात्रै नभएर उनिमाथि लगानि गर्ने निर्मातालाई पनि ठुलै नोक्सान पुर्याएर गएका छन् । करोडौं लगानिमा निर्माण भैरहेको फिल्म 'ह्यासट्याग माया' सहारुखले आत्महत्या गरेसँगै डब्बा बन्द भएको छ । 

उक्त फिल्मलाई अब म्युजिक भिडियोको रुपमा युट्युबमा सार्वजनिक गर्ने तयारी भैरहेको छ । सारुकले आत्महत्या गरेसँगै उक्त फिल्म अगाडि बढ्नेमा शंका उत्पन्न भएको थियो । सारुकको पार्ट अर्कै कलाकारबाट पुरा गराउने सम्भावन रहँदारहँदै फिल्मको नायिका नम्रता श्रेष्ठ माथि पनि छानविन हुनुपर्ने माग उठेपछि तत्काल फिल्म अगाडि नबढ्न भएको थियो । नम्रता अहिले फिल्ममा काम गर्ने मनस्थितिमा छैनन् । त्यसैले अब 'ह्यासट्याग माया' अगाडि नबढ्ने पक्का भएको छ । 

करोड बढि लगानि भैसकेको फिल्मलाई म्युजिक भिडियो बनाउने बाहेक अरु बिकल्प छैन । फिल्मका प्रोडक्शन डिजाइनर अरुण रेग्मीले मिडियालाई दिएको जानकारी अनुसार सारुकले अभिनय गरेका दृश्यहरुलाई समावेश गरेर भिडियो सार्वजनिक गर्ने तयारी गरिएको हो ।

स्रतोका अनुसार यो गीतमा नम्रता श्रेष्ठलाई देखाइने छैन । तर सारुकसँगै काम गरेकी फिल्मकी अर्की नायिका र सारुकको दृश्य मात्र म्युजिक भिडियोमा देखाइने छ । सारुकले फिल्म ‘ह्यासट्याग माया’मा काम गरिरहेको समयमा गत असारको २१ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech