अमेरिकामा निखिल सँग भेटेपछि नन्दिताले सम्झिइन् 'हामि तीन भाई'

फिल्मी फण्डा । अमेरिका भ्रमणमा रहेका अभिनेता निखिल उप्रेती र अभिनेत्री नन्दिता केसी बिच लामो समयपछि भेट भएको छ । नन्दिता लामो समयदेखि अमेरिकामै बसोवास गर्दै आइरहेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा निखिल सँगको फोटो राख्दै उनले आफ्नो सुपर हिट फिल्म हामी तीन भाइको समेत याद दिलाएकी छिन् । उनले फोटोको क्याप्सनमा लेखेकी छिन् हामी तिनभाइको जोडी मध्य हामी एक जोडी।। धेरै पछि निखिल दाई सँगको भेट। । उक्त फोटोले २ दशक अधिको 'हामि तीन भाई' फिल्मको स्मरण दिलाएको छ । निखिलले राष्ट्रिय अवार्ड समेत पाएको उक्त फिल्म दर्शकमाझ निकै लोकप्रिय रहेको छ । त्यसैले पनि निखिलको जोडि भएकै कारण नन्दितालाई पनि धेरैले याद गर्छन् । नन्दिताले उक्त पोस्ट गरेलगत्तै फोटोमा १ हजार भन्दा धेरै लाइक र १०० आसपासमा कमेन्ट हरु आएका छन् । 

कुनै समय हिट जोडि थियो निखिल र नन्दिता केसीको । बिशेष गरेर हामी तीन भाइमा काम गरेपछि उनिहरुको जोडीलाई दर्शकले अन्य फिल्ममा पनि हेर्न चाहेका थिए। त्यसैले उक्त फिल्म ब्लकबस्टर भएपछि यो जोडि अन्य फिल्ममा पनि दोहोरिएको थियो । निखिल र नन्दिताले जोडीको रुपमा मात्रै नभएर दिदी भाइको रुपमा पनि काम गरेका छन् ।

निखिल अहिले आफ्नो मेगा प्रोजेक्ट फिल्मको तयारी गर्न अमेरिका पुगेका छन् । साथै उनले त्यहाँ आफ्नो 'समबोधी' अभियान बिस्तारको लागि पनि तयारी गरीरहेको कुरा फिल्मी फण्डालाई जानकारी दिएका छन् । उनि चाँडै विग बजेटको फिल्म मार्फत् कमब्याक गर्दैछन् भने समबोधी अभियानलाई विश्वव्यापी पनि बनाउँदै छन् । उनले अमेरिका भ्रमणको क्रममा गत शनिवार आयोजना भएको ग्लोवल नेपाली फिल्म अवार्डमा समेत सहभागी भएका थिए । 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech