आयूष्मान देशराजले ‘ह्यारेसमेन्ट’ गरेको विदेशी युवतीको आरोप : इन्स्टाग्राममा सेयर गरिन् प्रमाण

फिल्मी फण्डा । एक विदेशी युवतीले नेपाली कलाकार आयुष्मान देशराज जोशीमाथि  ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । इन्स्टाग्राममा स्टोरी राख्दै उनले उक्त जानकारी दिएकी हुन् । युवतीको अनुसार आयुष्मानले अश्लील हाउभाउसहितको भिडिओ पठाएर दिक्क बनाएका थिए ।

आरोप लगाउने युवतीको इन्स्टाग्राम अकाउण्ट मा मा १ लाख ४३ फलोअर्स रहेका छन् । ritasaengkawrai नाम गरेको आईडीबाट आयुष्मानको एउटा छोटो भिडिओ क्लीपसहित धाराप्रवाह स्टोरी हाल्दै आरोप लगाइएको हो । भिडिओ क्लीपमा आयुष्मानले मोबाइलमा हेर्दै जिब्रो निकालेर अश्लील संकेत गरेका छन् । युवती लाई नायिका अदिती बुढाथोकीले पनि फलो गरेकी छन् । उनको इन्स्टाग्राममा बोल्ड विकिनी फोटो तथा भिडिओ हरु देख्न सकिन्छ । 

उनले स्टोरीमा लेखेकी छिन् ‘म एउटा मिहिनेती केटी हुँ । कहिलेकाहीँ जागिर नपाउँदा वेट्रेसका रुपमा पनि काम गर्छु । कृपया मलाई जथाभावी भन्न बन्द गरिदिनुस् । कहिलेकाहीँ मसित आफ्नो घर जानका लागि फ्लाइटको पैसा पनि हुँदैन । म हरेक दिन संघर्ष गरिरहेकी छु । तर, यी पुरुषहरू सोच्छन् कि उनीहरू जे पनि भनिदिएर उन्मुक्ति पाउन सक्छन्,’ 

त्यस्तो भिडिओ नपठाउन बारम्बार आग्रह गर्दा पनि आयुष्मानले पठाइरहेको रीताले दाबी गरेकी छिन् । आफुले उक्त भिडिओ सार्वजनिक गरेपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको पनि उनको भनाइ छ ।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech