"११:५५" फिल्मको रोमाञ्चक टिजर सार्वजनिक: प्रेम, धोका र बदलाको कथा

फिल्मी फण्डा। चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको  क्राइम थ्रिलर फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को आधिकारिक टिजर आइतबार सार्वजनिक भएको छ। १ मिनेट ३४ सेकेन्ड लामो टिजरले लभ, रोमान्स, धोका र बदलाको कथा प्रस्तुत गर्दछ।

फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनाल रहेका छन्। 

फिल्मको निर्देशन केशव पाण्डेले गरेका छन्, जसको यो पहिलो निर्देशन प्रयास हो। सिनेमामा अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ। 

यो फिल्म बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको हो, र यसमा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ। कार्यकारी निर्माता एमएस अग्रज हुन् भने वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech