प्रकाश सपुतको ‘वसन्त’ टिजर सार्वजनिक, प्रेम र कविताको संगम

फिल्मी फण्डा। अगामी चैत्र २२ गते देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ´बसन्त ` को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ।

टिजरमा सपुतको पात्र वसन्त ले स्वस्तिमा खड्काको पात्र शान्ति लाई प्रेमिल भावमा कविता सुनाइरहेका छन्। कविताका हरफहरूसँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु) पनि भावुक मुद्रामा देखिन्छन्। टिमले यसलाई ‘भ्यालेन्टाइन स्पेशल टिजर’ को रूपमा प्रस्तुत गरेको छ।

यसअघि सार्वजनिक भएको गीत ‘साँझ पर्यो झमक्क’ ले दर्शकमाझ राम्रो हाइप बनाइसकेको छ। अब यो टिजरले पनि सिनेमाप्रति उत्सुकता बढाउने निर्माण पक्षको विश्वास छ।

फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

विपन्न विश्वकर्मा समुदायका एक युवाले लेखक बन्नका लागि गर्ने संघर्ष सिनेमाको मुख्य कथा हो। कथा, पटकथा र संगीत स्वयं प्रकाश सपुत ले तयार पारेका छन्।

सिनेमाको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरू मा गरिएको छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा, कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

काठमाडौं उपत्यकामा DCN र मोफसलमा FD कम्पनी ले सिनेमा वितरण गर्नेछन्। सिनेमाटोग्राफी सुसन प्रजापति ले गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech