यि हुन् बक्स अफिसका महा फ्लप फिल्महरु, जसले बेचेका थिए ५ देखि २१२ ओटा सम्म टिकट

फिल्मी फण्डा । चलचित्र विकाश बोर्डले आर्थिक बर्ष ०७९।०८० मा प्रदर्शन भएका नेपाली र विदेशी सबै फिल्मको ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा ५७ नेपाली फिल्म र ७९ विदेशी फिल्म समावेश थिए । हामिले उक्त रिपोर्ट सम्बन्धि समाचार पनि प्रकाशित गरिसकेका छौं । तर आज हामी तपाई हरुलाई असार मसान्त सम्ममा प्रदर्शनमा आएका ५७ नेपाली फिल्म मध्ये सबैभन्दा कम टिकट बेच्ने र कम कमाइ गर्ने फिल्मको जानकारी दिदै छौं । अर्थात् आर्थिक बर्षकै सबैभन्दा डिजास्टर ५ फिल्मको कमाई के कति रहेको छ त्यो जानकारी गराउदै छौं ।

नम्बर ५ मा रहेको छ फिल्म 'ए साथि सुन', जसले कमाइ गरेको छ ६०,५८५ र २१२ टिकट बेचेको छ । यस फिल्मको निर्माता सेयर हुन आउँछ २४ हजार मात्रै । 

यस लिस्टको नम्बर ४ मा रहेको छ 'फिल्म आँधी तुफान २', जसले १४५ ओटा टिकट बेचेको छ, यस फिल्मले २८,४४० रूपैँयाको ब्यापार गरेको छ, जसको निर्माता सेयर हुन आउँछ ११ हजार ३ सय रुपैँया । अब आफै सोच्नुस् एक करोड २५ लाख लागतमा बनेको फिल्मको कमाई जम्मा ११ हजार मात्रै रहेको छ । यस फिल्मलाई डिजास्टर मात्र भन्ने या अर्को कुनै नाम दिने त्यो तपाईको इच्छा ।

लिस्टको नम्बर ३ मा रहेको फिल्म 'सरी मम'ले ११२ ओटा टिकट बेचेर किर्तिमान नै कायम गरेको छ, उक्त फिल्मले २७,७२८ रुपैंयाको कमाइ गरेर निर्मातालाई जम्मा ११ हजार रुपैया मात्रै सेयर दिएको छ । 

त्यस्तै लिस्टको २ नम्बरमा रहेको फिल्म 'चोर र पुलिस'ले पनि इतिहासनै रचेको छ, १०४ टिकट बेचेर । यस फिल्मबाट निर्माताले सात हजार ९ सय रुपैयाँ मात्र कमाइ गरे, फिल्मको ग्रस कलेक्सन भने १८,७२५ रुपैँया हरेको छ । 

यस लिस्टको नम्बर १ स्थानमा रहेको फिल्मले त सायद कसैले तोड्न नसक्ने रेकर्ड कायम गरेको छ, यस फिल्मको सेयरले एक पोस्टर प्रिन्ट गर्न पनि पैसा पुग्दैन सायद । उक्त फिल्म हो 'शिवानी', जसले ५ ओटा टिकट बेचेर निर्माताको हातमा २०८ रुपैयाँ दिलायो भने ५२० रुपैयाँको ग्रास कलेक्सन गरेर अनौठो रेकर्ड बनायो । 

यस लिस्टमा यस्ता अन्य २ दर्जन फिल्म छन्, जो मेगा डिजास्टर भएका थिए, तर यि पाँच फिल्मले भने बयान गर्नै नसक्ने असफलता भोगे । जसको कारण बजारमा यि फिल्मको निकै ट्रोल पनि भएको थियो । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech