फिल्मी फण्डा । फिल्म ‘दुःखी आत्मा’को ट्रेलर हालै सार्वजनिक गरिएको छ । जसले गीत, संगीत र ब्रेकअप कविताले दर्शकको ध्यान तानेको छ। रिलिजको १० दिन अघि मात्र ट्रेलर सार्वजनिक गरिएको हो।
दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको यो फिल्म हिमाल कडरियाले लगानी गरेका हुन्। सुदिप ढकाल कार्यकारी निर्माता रहेर फिल्मको निर्माणमा सहभागिता जनाएका छन्। छायांकन आलोक शुक्लाले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ।
रामजी लामिछानेको कोरियोग्राफी र श्रवण मुकारुङका १० कविता समावेश गरिएको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर जस्ता कलाकारहरूको अभिनय देख्न पाइन्छ।
क्लर्क वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसरमा रिलिज हुँदैछ। ट्रेलरमा दयाहाङ र आँचलको बीचको प्रेम र नोकझोकका दृश्यहरूले दर्शकको ध्यान आकर्षित गरेको छ, र यसमा समावेश भएका संवादहरूले भने थप उत्सुकता जगाएका छन्।