फिल्मी फण्डा । सदाबहार नायिका करिश्मा मानन्धर बेला बखतमा चर्चामा आइरहन्छिन् । विभिन्न समय उनले दिने अभिव्यक्तिको कारण उनि विवादमा पर्ने गर्छिन् । उनै करिश्मा पुन एकपटक चर्चामा आएकी छिन् या भनौं चर्चामा आउन उनले उत्तेजित अभिव्यक्ति दिएकी छिन् । उनले चलचित्र विकास बोर्डले नेपाली तथा विदेशी फिल्मको कमाई सार्वजनिक गरेको बिषयलाई लिएर फेसबुकमा स्टाटस राख्दै आपत्ति प्रकट गरेकी छिन् । उनले आपत्ति प्रकट गरेको कारण के हो भने विकास बोर्डले रिपोर्ट सार्वजनिक गर्दा उनि अभिनित फिल्म बगान हलमा चलेको ३ दिन मात्र भएको थियो । उक्त रिपोर्ट अनुसार बगानले ३ दिनमा जम्मा २२ लाख मात्रै ग्रस कलेक्सन गरेको थियो ।
उनको अनुसार जब सम्म फिल्म हलबाट उत्रिँदैन तबसम्म ब्यापारिक रिपोर्ट सार्बजनिक गर्नु हुदैन । अब यसको कारण के हो त्यो करिश्माले नै थाहा होला । विकास बोर्डले प्रदर्शन रत फिल्मको फाइनल रिपोर्ट सार्वजनिक गरेको हैन, बोर्डले असार मसान्त सम्मको रिपोर्ट मात्र सार्बजनिक गरेको हो । सायद करिश्माले यो कुरा नबुझेको हुनसक्छ । त्यसैले विकास बोर्ड माथि खनिँदै उनले यस्तो स्टाटस लेखेकी छिन् ।
(सरकारी तवरले नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो ।
विकास बोर्ड द्वारा नेपाली चलचित्र सम्बन्धि सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्छ होला ११
जबसम्म चलचित्र , चलचित्र भवनमा चलिरहेको हुन्छ , तबसम्म दर्शक तान्ने सम्भावना रहिरहेको हुन्छ ।
सिनेमा चलेको दुई दिनमै येति कमायो उति कमायो भनेर समाचार सार्वजनिक गर्नु विकास बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन ११
सबै चलचित्र बृत मिलेर कानुनी रुपमै , जबसम्म चलचित्र, चलचित्र भवनबाट उत्रीदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने जस्तो देखियो ।
चलचित्र विकास बोर्ड, नेपाली चलचित्रको विकास र समर्थनको लागि स्थापना गरिएको हो ।
गलत समयमा सूचना प्रकाशित गर्न होइन ।
हामीलाई झुटो बोल्नु छैन र यो परिणाम प्रकाशित गरेका छौ ।)
गत बुधबार चलचित्र विकाश बोर्डले आर्थिक बर्ष ०७९।०८० मा प्रदर्शन भएका ५७ नेपाली र ७९ विदेशी फिल्मको कमाई सार्वजनिक गरेको थियो । हामिले उक्त रिपोर्ट सम्बन्धी समाचार पनि तयार पारेका थियौं । उक्त रिपोर्ट अनुसार सबैभन्दा धेरै कमाउने फिल्ममा 'छक्का पञ्जा ४' र सबैभन्दा कम कमाउनेमा 'सिवानी' फिल्म रहेको थिए ।