फिल्मी फण्डा । पुराना निर्देशक शोभित बस्नेतको निर्माणमा बनेको फिल्म 'जय हो' को एक गीत सार्बजनिक भैसकेको छ, गत सोमबार निर्माण टिमले काठमाण्डौं को एक प्रतिष्ठित फिल्म हलमा गीत रिलिज कार्यक्रम आयोजना गरेको थियो । सोभितले राम्रै खर्च गरेर उक्त कार्यक्रमलाई भब्य बनाएका थिए । संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको उक्त गति रिलिज सयौं पत्रकार र फिल्मका सबै टिम उपस्थित थिए । गीत रिलिज भएपछि धेरैले गीतको तारिफका लागि निकै राम्रौ शब्दहरु खर्च गरे ।
तर उक्त गीतले सार्बजनिक भएको आजसम्म युट्युबमा ५ लाख पनि भ्युज कटाउन सकेको छैन । गीत सार्वजनिक कार्यक्रममा फ्रि को 'कोक र पपकर्न' खाएर पत्रकारहरुले तारिफ गरे अनुसार दर्शकले गीत रुचाएका छैनन् । फिल्म हिट हुन गीत हिट हुनै पर्छ भन्ने छैन । तर निर्माण टिमलाई भने गीत हिट भयो भने फिल्म त्यसै हिट हुन्छ भन्ने भ्रम परेको रहेछ, अब नत गीत हिट भयो, न त फिल्मको चर्चा नै । गीत हिट गराउन शोभितले बरिष्ठ संगीतकार सम्भुजित बास्कोटालाई संगीत भर्न दिए, चर्चित गायक गायिकालाई गीत गाउन लगाए र राम्रै खर्च गरेर गीत रिलिज गरे, तर पनि गीत फ्लप भयो । यस्तो खाले कार्यक्रम गर्ने शोभित मात्रै एक्लो निर्माता हैनन्, नेपाली सबै निर्माताहरू यस्तै भ्रम पालेर बसेका छन् । गीत मेकिङमा भन्दा गीतको रिलिज कार्यक्रममा उनीहरु खर्च गर्न तयार हुन्छन् । संगीतकार या गायक गायिका बरिष्ठ या चर्चित भए गीत हिट हुन्छ भन्ने भ्रममा नेपाली निर्माताहरू रहेका छन् । स्टेजमा फिल्मका तमाम कलाकारलाई बोलाएर, पत्रकारलाई बोलाएर खाजा खुवाएर गीतको तारिफ सुन्नु भन्दा गीतमै थप मेहनत गरेको भए गीत पनि हिट हुने, फिल्मको पनि जताततै चर्चा हुने थियो । त्यसैले गीतमा गर्नु पर्ने खर्च गीत रिलिज गर्नु बेकार हो भन्ने कहिले बुझ्लान निर्माताले ले र?