बालेनले ५० हजारको जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदिए : नायिका करिष्मा 

फिल्मी फण्डा । 'महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो, कसले भन्छ बालेन जी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर जयबगान, जयबालेन' यो लाइन सदाबहार नायिका करिष्मा मानन्धरले महानगर द्वारा उनि अभिनित फिल्म 'बगान'लाई जरिवाना तिराएपछि दिएको अभिव्यक्ति हो । जथाभावि पोस्टर टाँसेर सहरको सुन्दरतामा नोक्सान पुर्याएको भन्दै महानगरले कानुनलाई आधार बनाइए बगान निर्माण टिमलाई ५० हजार जरिवाना तिराएको थियो । त्यसको जवाफमा करिष्मा मानन्धरले फेसबुकमा स्टाटस राख्दै उक्त अभिव्यक्ति दिएकी हुन् । 

गत शुक्रबार अर्थात् आसार २९ गतेबाट देशभर प्रदर्शन भैरहेको फिल्म बगानले उत्साहजनक ब्यापार गर्न सकेको छैन । सरोज खनाल निर्देशित फिल्मलाई प्रिमियर सो मा भने सबैले तारिफ गरेका थिए । फिल्मको वर्ड अफ माउथ निकै कमजोर रहेको कारण पिकअप लिन पनि सकिरहेको छैन, त्यसैले होला सायद करिष्मा मानन्धरले उक्त अभिव्यक्ति मार्फत् आधा सत्य स्विकार गरेकी छिन् । वास्तवमै फिल्म बगानको त्यति चर्चा निर्माण टिमले लाखौ. खर्चेर पनि गर्न सकेको थिएन जति महानगरले जरीवाना तिराएपछि भएको छ । र यो पनि सत्य हो कि फिल्मलाई निकै चर्चाको खाँचो थियो, किनकि फिल्मलाई जरिवाना तिराएको समाचार मिडियाको हेडलाइन हुदैन थियो भने दर्शकलाई फिल्म कहिले आएर गएको पत्तै हुने थिएन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech