फिल्मी फण्डा।यतिबेला हलमा चलिरहेको चर्चित फिल्म ‘पुष्पा’को तेसो श्रृंखला निर्माणको घोषणा भएको छ । फिल्मको पोस्ट क्रेडिट दृश्यमार्फत निर्माताले ‘पुष्पा ३’ आउने जनाएका हुन् । तेस्रो श्रृंखलाको नाम राखिएको छ पुष्पा ३ः द र्याम्पेज ।
विहिबारदेखि हलमा प्रदर्शनमा आएको फिल्म ‘पुष्पा २ः द रुल’ हेरेका दर्शकलाई तेस्रो श्रृंखला घोषणाले थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘पुष्पा ३ः द र्याम्पेज’ भारतीय फिल्मको अर्को प्रतीक्षित प्रोजेक्ट हुने निश्चित भएको छ । ‘पृुष्पा २’मा अल्लु अर्जुन र रश्मिका मन्दानाको शीर्ष भूमिका छ ।