सूर्यवंशी’को कलेक्सन ४ दिनमै सय करोड नाघ्यो

फिल्मी फण्डा । फिल्म ‘सूर्यवंशी’ को कलेक्सन सय करोड क्लबमा प्रवेश गरेको छ । यो फिल्मले प्रदर्शनको चार दिनमै १ सय ३७ करोड भारू) कमाएको हो । कोरोनापछि प्रदर्शनमा आएर सय करोड कमाउने सूर्यवंशी पहिलो फिल्म हो ।

रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको निर्माणमा बनेको ‘सूर्यवंशी’मा अक्षय कुमार, कैटरिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय छ । भारतमा मात्र फिल्मले १०९.०४ करोड कमाएको र विदेशमा यस्को चार दिनमा कलेक्सन २८.०४ करोड रहेको निर्माण पक्षले बताएको छ ।

नेपालमा पनि कोरोना पछि सूर्यवंशी हेर्न दर्शक हलमा गएका छन् । रोशित सेट्टी निर्देशित फिल्मको नेपालमा पनि कलेक्सन बम्परको छ ।

  
  surya banshi.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech