बक्स अफिसमा खडेरी : तिन महिना यता प्रदर्शित सबै फिल्म फ्लप

फिल्मी फण्डा । नेपाली बक्स अफिसमा हिट फिल्मको खडेरी लागेको छ । पछिल्लो ३ महिना यता प्रदर्शन भएका अधिकांश फिल्म पोस्टर छापेको पैसा समेत उठाउन नसक्नेगरी बक्स अफिसमा पछारीए । बैशाख १ गते प्रदर्शन भएको जारी बाहेक सबै फिल्मले बक्स अफिसमा निकै निराशाजनक ब्यापार गरका छन् । हुनत त्यसअघि पनि गत फागुनमा प्रदर्शन भएको छक्का पञ्जा ४ बाहेक अरु कुनै फिल्मले पानी माग्न पाएका थिएनन् । तर हामि यहाँ २०८० सालको मात्र कुरा गर्दैछौं । जसमा ९५ प्रतिशत असफल रिजल्ट देखिएको छ । कतिसम्म भने यस बिचमा प्रदर्शन भएका हिन्दी र अंग्रेजी फिल्मसमेत बक्स अफिसमा पछारिए ।

बैशाखमा जारी सँगै विहे पास र बुलाकी फिल्म पनि प्रदर्शन भएका थिए, जहाँ बिहे पास त पुन प्रदर्शनको तयारीमा छ भने त्यसै समय बुलाकी फिल्मले हलबाट फिल्मनै उतारेर प्रदर्शन रोकेको थियो । कारण के थियो भने जारी फिल्मको बाढीमा ति दुबै फिल्म बगे । त्यसपछि बैशाख १५ मा प्रदर्शन भए तिन फिल्म, प्रसाद २ नाइ न भन्नु ल ६ र कैदीको पत्र । जसमा २ फिल्म हिट भनिएका फिल्मको सिक्वेल थिए । कैदीको पत्र त चलेननै यता सिक्वेलकै कारण बक्स अफिसमा धूम मच्चाउँछ भनिएका फिल्म पनि वास आउट भए । ति फिल्मले लगानी त टाढाको कुरो प्रचारप्रसारको खर्च पनि उठाएनन् । 

त्यसलगत्तै बैशाख २१ मा ज्याकि आइ एम २१ नामाक फिल्म प्रदर्शन भयो । उक्त फिल्मलाई निकै भव्यताका साथ प्रचारप्रसार गरिएको थियो । तर जति तामझाम गरेपनि उक्त फिल्म २ दिन पनि राम्रोसँग हलमा टिक्न सकेन ।  त्यसै महिनाको २९ गते प्रदर्शन भएको हल्करा त कति दर्शकलाई आएको गएको समेत पत्तो भएन । यसरी बैशाख महिना जारी फिल्मकै भरमा हलवाला चित्त बुझाउन बाध्य भए । अपेक्षा गरिएका सिक्वेल र ब्राण्ड प्रोडक्सनका फिल्मनै बक्स अफिसमा डिजास्टर भएपछि हलवाला निकै निरास भए । 

यता जेठ लागेपछि पनि बक्स अफिसको खडेरी रोकिएको थिएन । जेठमा डाकिनी, ए साथि सुन, हुक्का, टुल्की, वेलकम टु हेम्जा कोट र निरफुल गरी ६ फिल्म पदर्शन भए र दुर्भाग्यको कुरा, ६ ओटै फिल्म बक्स अफिसमा डिजास्टर सावित भए, ति मध्ये ५ फिल्मले त पोस्टरको समेत पैसा उठाउन सकेनन् । 

असार महिनामा अहिलेसम्म २ फिल्म प्रदर्शन भएका छन्, ति फिल्म हुन् अन्तिम संस्कार र परस्त्री । अन्तिम संस्कार फिल्मलाई दर्शकले पुर्ण रुपमा नकारीदए ।  उता निकै तामझामका साथ नेपाल र भारत भर प्रदर्शन गर्ने भन्दै प्रचारप्रसार गरीएको फिल्म परस्त्रीले निर्माता शर्मिला पाण्डेलाई निकै ठुलो झट्का दियो । प्रदर्शनको १ दिन अघि फिल्मको भब्य प्रिमियर गरीएको थियो । त्यहाँ धेरै पत्रकारहरुको उपस्थिती रहेको थियो । प्रिमियर राम्रै खर्चमा गरीएको थियो । बर्गर र कफी कोक खुवाउँदै निर्माता शर्मिला पाण्डेले पत्रकारको खुव तारिफ सुनिन् । जब फिल्म प्रदर्शन भयो त्यस पछि निर्माता शर्मिला पाण्डेलाई महसुश भयो कि फिल्मले त अघिल्लो दिन प्रिमियरमा खर्च भएको पैसा पनि नउठाउने भयो भनेर । पत्रकारले जति सुकै तारिफ गरेपनि फिल्मले बक्स अफिसमा १० लाख ग्रस कलेक्सन पनि गर्न सकेन । फिल्म बक्स अफिसमा डिजास्टर सावित भयो । 

त्यतिमात्रै काफी नभएर पछिल्लो तिन महिनामा प्रदर्शन भएका सबैजसो हिन्दी फिल्म पनि नेपाली बक्स अफिसमा चल्न सकेनन् । आशा गरिएका फिल्महरु जस्तै सलमान खान अभिनित किसिका भाई किसिका जान, प्रभाषको आदिपुरुष, कार्तिक आर्यन को सत्या प्रेमकी कथा, लगायत फिल्म बक्स अफिसमा चल्न सकेनन् । त्यसैले नेपाली बक्स अफिसमा अहिले महा खडेरी परिरहेको छ भन्दा फरक नपर्ला

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech