फिल्मी फण्डा । दक्षिण भारतीय अभिनेता प्रकाश राजले आइतबारदेखि नेपालमा तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन् । उनी आइतबारबाट सेटमा जोडिएका हुन् ।
बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको आइतबार प्रकाश राज र अर्का अभिनेता रविप्रकाशको दृश्यको छायांकन गरिएको छ ।
अबको १० दिनसम्म प्रकाशले काठमाडौंका उपत्यकाका विभिन्न स्थानमा हुने छायांकनमा सहभागी हुनेछन् । उनीसहित साउथ इण्डियाबाट आएका १५ भन्दा बढी कलाकार यसमा छन् । केही नेपाली सहायक कलाकारले पनि काम गरिरहेका छन् ।