एक मात्र कलाकारद्वारा अभिनित पहिलो नेपाली फिल्म'अन्तिम पाना'को टिजर सार्वजनिक(टिजरसहित)

फिल्मी फण्डा ।  एक मात्र कलाकारद्वारा अभिनित पहिलो नेपाली फिल्म 'अन्तिम पाना'को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई थ्यान्क्यु सिनेमा युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

टिजरमा फिल्मको एक मात्र कलाकार रहेका उमेश कार्कीको जीवन यात्रालाई देखाईको छ । उनीलाई द्वन्द्वबाट ग्रसित पात्रको रुपमा देखाईएको छ ।   उनीलाई हिड्नु पर्छ भन्ने थाहा नभएपनी रोकिनुहुन्न भन्ने थाहा छ । यो फिल्मलाई जीवन थापा क्षितिजले लेखेका हुन् भने उनीले नै निर्देशन समेत गरेका हुन् । यो फिल्म एक मात्र कलाकारले अभिनय गरेको नेपालकै पहिलो फिल्म हो ।

यो फिल्ममा कलाकार उमेश कार्कीले अभिनय गरेका छन् । फिल्मको डिओपी केदार राई हुन् भने निर्माता दिवाज राई किराँती हुन् ।  फिल्मलाई सम्पादन भने विपिन्न मल्लले गरेका छन् । निर्माण पक्षको अनुसार यो फिल्म यहि दशैँमा रिलिज हुने तयारीमा छ । 

https://youtu.be/tuVukBRWej8?si=ccpCKxqrP_NJwpIZ

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech