चलचित्र विकास बोर्ड र  सञ्चार मन्त्रालयबिच कार्यसम्पादन सम्झौता

फिल्मी फण्डा। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ । 

आइतबार मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश डीसीबिच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता गरिएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू लगायत रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech