अस्कर अवार्डमा नेपालबाट ‘शाम्बाला’ जाने

फिल्मी फण्डा। फिल्म ‘शाम्बाला’ अस्कर अवार्डका लागि सिफारिस भएको छ । अस्करको नेपाल छनोट समितिले आवेदन दिने अन्तिम मिति बिहीबारसम्म यस फिल्मले मात्र आवेदन दिएकोले यसै फिल्म सहभागी हुने समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले जानकारी दिए ।

फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्नेछ । ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।

नेपालको छनोट समितिले फिल्मलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औँ अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदै छ । 

मीन बहादुर भाम निर्देशित फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ । फिल्म आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech