एक्सन थ्रिलर फिल्म 'डिएनए' को फस्टलुक रिलिज 

फिल्मी फण्डा । पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म डिएनएको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। यो फिल्मको सार्वजनिक पोस्टरमा सुधन पोखरेल प्रस्तुत छन्।

पोस्टरमा उनले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका देकाइएको छ। जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। यो फिल्म मार्फत सुधनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।

फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा निर्माण हुने यो फिल्मको टिजर केही समयपछि गर्ने निर्माणपक्षले जनाएको छ। फिल्मको पौराणिक कथाको मोर्डन एडप्टेसनमा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने बताइएको छ ।

फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन्। फिल्म निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ। 

सुशान्त केसी र प्रशान्त योगीको छायांकन, मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन रहने फिल्मका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech