फिल्मी फण्डा । चलचित्र विकास बोर्डले उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क छिटो तिर्न भन्दै बोर्डले हलहरूलाई पत्र काटेको हो ।
बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिम पटक भन्दै ताकेता सहितको पत्र काटेको उल्लेख गरिएको छ ।बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ ।
यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ ।
यसपटक अनुरोध नमाने कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत पत्रमा दिइएको छ।