सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘रंगी’ बाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यु गर्ने 

फिल्मी फण्डा।  फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म निर्माण हुने भएको हो । 

निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेको छ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्मको छायाङ्कन असोज ११ गतेदेखि काठमाडौँबाट सुरु हुनेछ ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मबाट सुरेश न्यौपाने निर्देशनमा डेब्यु गर्ने भएका हुन् । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech