पल र पुजाको ‘रावायण’लाई एडल्ट सर्टिफिकेट,कस्तो गर्ला ओपनिङ ?

फिल्मी फण्डा । हिंसात्मक दृश्यको प्रशस्त प्रयोगपछि केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको छ ।

१६ वर्ष मुनिका दर्शकले हेर्न अनुपयुक्त हिंसात्मक दृश्य र संवादको कारण फिल्मलाई वयस्क प्रमाणपत्र दिइएको बताइएको छ । बोर्डले फिल्मको रनटाइम १८४ मिनेटमा समेत सीमित गरिदिएको छ ।

एडल्ट सर्टिफिकेट पाउनुको अर्थ १६ वर्षमुनिका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध लगाइएको भन्ने हो । फिल्मको टिजर, ट्रेलर र गीतले  राम्रै चर्चा बटुली रहेको छ । तीजको बिदाका कारण राम्रो ओपनिङ गर्न सकेको खण्डमा फिल्मले राम्रै कमाइ गर्ने निश्चित छ। 

सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहितद प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech