फरहान अख्तरले थाले भारत–चीन युद्धको कथामा‘१२० बहादुर’को छायांकन

फिल्मी फण्डा । लामो समयपछि अन्ततः बलिउड अभिनेता तथा निर्माता फरहान अख्तरले आफ्नो फिल्म ‘१२० बहादुर’को घोषणा गरेका छन् । यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन् र निर्माताको रुपमा पनि जोडिएका छन् ।

रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले ट्रिगर ह्याप्पी स्टुडियोसँगको सहकार्यमा ‘१२० बहादुर’ प्रस्तुत गर्न लागेको हो । ‘१२० बहादुर’ले मेजर शैतान सिंह (पीभीसी) र चार्ली कम्पनी, १३ कुमाउ रेजिमेन्टका सिपाहीको कथा भन्छ । यो सैन्य एक्सन फिल्मलाई सन् १९६२ मा भारत–चीन युद्धको समयमा सेट गरिएको छ ।

यो फिल्म रेजांग लाको युद्धबाट प्रेरित छ । ‘यसले हाम्रा सैनिकहरूको बहादुरी, वीरता र बलिदानलाई देखाउँछ,’ अख्तरले फिल्मको घोषणा गर्दै भनेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech