प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने

फिल्मी फण्डा । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।

ओ !  सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने निर्देशक समिर जोशीले जनाकारी दिए । बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्देशक समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ ।

विना जोशी निर्मात्री रहेको उक्त सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित रहेको छ । सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासुलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा रहेको उक्त प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ । सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि रहेको छ ।

उक्त प्रिमियम सिरिज  ओ !  सासुजीको  छायाकंन जीवन श्रेष्ठले गरेका छन भने सम्पादन सुनिल श्रेष्ठ र संगीत विरेन शाक्यको रहेको छ । त्यस्तै ग्राफिक्स दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशक प्रबल प्रधान रहेको छ । विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम सिरिज ओ !  सासुजीमा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल। चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत हुनुहुनछ । नायीकाद्वय  संगम शर्मा  र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दापन गरेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech