दयाहाङ र सिर्जनाको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ्’ को फष्टलुक्स सार्वजनिक

फिल्मी फण्डा। फिल्म ‘कार्साङ्’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक गरेको हो । जसमा फिल्मको रिलिज मिति आगामी पुस २६ गते बताइएको छ ।

सार्वजनिक फष्टलुक्समा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । 

यम शेर्पा निर्देशित फिल्मको अघिल्लो साता छायाङ्कन सकिएको थियो । फिल्म अहिले सम्पादनमा छ ।  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको फिल्म यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको हो ।

फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बालकालकारमा राशि लिम्बू र सोहन थापाको समेत अभिनय फिल्ममा देख्न सकिनछ । फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी निर्माता पनि हुन् । 

गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् सङ्गीतकार विश्व दोङ संगीत रहने फिल्ममा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी रहेको छ । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech