लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’दोस्रो सातामा

फिल्मी फण्डा ।  लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । 

फिल्मको माउथ पब्लिसिटीको कारण दर्शकको साथ पाइरहेको निर्देशक सुवेदीले दाबी गरे ।  फिल्मले अहिलेसम्म कति कमायो त्यो भने शनिबार मात्र हिसाब आउने उनको भनाइ छ । 

अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको फिल्म समाजले छोरीप्रति गर्ने विभेदका कथामा बनेको छ । 

 फिल्मले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको दृष्टिबाट हेर्ने कथा पेस गरेको छ । 

फिल्मको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउने कथा फिल्मले देखाउँछ ।

फिल्ममा मलिकाको अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ ।

फिल्मले प्रदर्शन अगाडि दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech