फिल्मी फण्डा । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यो फिल्म निर्माण भएको लामो समयपछि तिहारमा रिलिज गर्ने तय भएको हो ।
फिल्ममा अभिनेता पल शाह, दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान लगायतको मुख्य भूमिका छ ।
कार्तिक १५ मा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ पनि रिलिज हुँदैछ । यस सँगै दुई नायक पल शाह र प्रदीप खड्का कार्तिक १५ गते आम्नेसाम्ने हुने भएका छन ।