'सतीदेवी'माथि दर्शक प्रतिक्रिया- तीन दिनदेखि सम्झिंदै रुदैं गरिराछु 

फिल्मी फण्डा । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको 'सतीदेवी'सिनेमा हेरेर एक महिला दर्शकले आफू सिनेमा हेरेको तीन दिनसम्म पनि आफूलाई रुवाएको बताएकी छन्।

फेसवुक वालमा एक भिडियो पोस्ट गर्दै सुजा जोङबाङ लिम्बु नाम गरेकी ती दर्शकले यस्तो बताएकी हुन्। 'म शुक्रबार सतीदेवी सिनेमा हेर्न गएको थिएं जुन मैले सोचेकोभन्दा पनि राम्रो मुभी बनेको रैछ। सबै टिमहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु, सो भिडियोमा उनले भनेकी छन्, 'आज तीन दिन भइसक्यो मैले मुभी हेरेर आएको तर आजसम्म पनि मलाई एकदम धेरै त्यो मुभिको दृश्य-दृश्यहरुलेले एकदम छोइरहेको छ। एकदम भावुक भइरहेको छु। खासगरी सती(मलिका महत)को अभिनय, नानीहरु(बालकलाकारहरु)को अभिनयले धेरै भावुक बनायो ।'

सो भिडियोमा उनले यस्तो फिल्म नेपाली समाजमा अझ बन्नुपर्ने बताउँदै यस्ता सिनेमालाई साथसहयोग दिनुपर्छ भन्ने धारणा राखेकी छन्। यस्तै सो भिडियो पोस्टमा उनले 'कस्तो राम्रो मुभी सतीदेवी, ३ दिनदेखि सम्झीदै रुदै गरिराछु । प्लीच सबैले हेर्नुहोस, रियालिटी छ । यस्तो मुभी धेरै बन्नु पर्छ'समेत लेखेकी छन्।

लक्ष्मण सुवेदीको लेखन,निर्माण तथा निर्देशनमा बनेको यो सिनेमाले प्रिमियरमा समेत तारिफ बटुलेको थियो। प्रिमियरमा सहभागी प्राय सबैले सिनेमाका केही दृश्यहरुमा आफूहरु भावविभोर भएको आँशुहरु रोक्न नसकेको प्रतिक्रिया दिएका थिए। सुवेदीले सिनेमाबाट मिलेको प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए। उनले सिनेमाबाट आफूले सोचेको कथा भन्न आफू सफल भएको भनाइ राखेका छन्।

सिनेमाबाट विशेष तारिफ 'सतीदेवी'शीर्ष भूमिकामा अभिनय गरेकी मलिका महत तथा दुई बालिकाले बटुले। सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको सिनेमाको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech