फिल्मी फण्डा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माताले सोमबार मुख्य कलाकारसहित टाइटलको घोषणा गरेका हुन् ।
जीवन सिंहले यो फिल्मबाट डेब्यु निर्देशन गर्दैछन् । शीर्ष भूमिकामा अरुण क्षेत्री हुनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत फिल्ममा अभिनय गरिसकेका छन् ।
बाँकी कलाकार चाँडै घोषणा हुने जनाइएको छ । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माताले जनाएका छन् ।
फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य हुने जनाइएको छ । अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । छायांकन पश्चिम नेपालमा हुनेछ ।