धिरज र उपासना अभिनित फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सार्वजनिक(भिडियो)

फिल्मी फण्डा।  असोज ३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो ।

एसडी योगीको संगीत तथा सुरेन्द्र रानाको शब्द  रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । गीतमा सिनेमाका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरू फिचर्ड छन् । गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्मको लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको यो डेब्यु हो । 

फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । दिपक बज्राचार्यको छायांकन रहेको फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech