प्रियंका चोपडालाई पछि पार्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला

फिल्मी फण्डा । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई यतिबेला एकपछि अर्को सफलताले पछ्याइरहेको छ । पछिल्लो रिलिज फिल्म ‘स्त्री २’ पछि उनी सुपरस्टारको श्रेणीमा उभिएकी छन् ।

इन्स्टाग्राममा पनि उनको एकपछि अर्को रेकर्ड कायम छ । गत साता उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारिन् ।

प्रधानमन्त्री मोदीपछि श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाउने दोस्रो भारतीय बनेकी छिन् । उनी इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला समेत बनिन् । उनलाई ९२.१ मिलियनले पछ्याएका छन् ।

यो मामिलामा उनले अर्की भारतीय अभिनेत्री प्रियंका चोपडालाई समेत उछिनेकी छन् । ‘स्त्री २’ को सफलतापछि श्रद्धाका फलोअर्स ह्वात्तै बढेका छन् । अहिलेसम्म प्रियंका यो मामिलामा अन्य स्टारभन्दा अघि थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech