फिल्मी फण्डा । आजबाट देशभर दुई फिल्म 'सतीदेवी' र 'नमेटिने घाउ' प्रदर्शनमा आएका छन । दुवै फिल्मले कस्तो व्यापार गर्ला सबैलाई चासोको विषय छ ।
लक्ष्मण सुवेदीको निर्देशन रहेको ‘सतीदेवी’ ले लैंगिक समानताको कथा उठान गरेको छ। यसमा मलिका महतले शीर्ष भूमिकामा अभिनय गरेकी छन्। साथमा हर्षिका ओली, मञ्जिला बानिया (बाल कलाकार), सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा लगायतको अभिनय छ।
त्यस्तै रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बनेको 'नमेटिने घाउ' विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथामा बनेको फिल्म हो।
यसको शीर्ष भूमिकामा अधिकांश नयाँ कलाकार छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले यसमा अतिथि भूमिकामा अभिनय गरेका छन्।