दयाहाङ,जितु अभिनीत फिल्म ‘कार्साङ’को सकियो छायाङ्कन

फिल्मी फण्डा । फिल्म ‘कार्साङ’को छायाङ्कन सकिएको छ । यम शेर्पाको निर्देशन रहेको फिल्मको छायाङ्कन २२ दिनमा सकिएको हो । फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको हो । 

‘कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसले बनाएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र नव–अभिनेत्री सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन् । 

सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ । 

फिल्मको निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा उनकै डिओपी रहेको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech