दुबईमा ‘सिएनए इन्टरनेशनल अवार्ड’ हुँदै

फिल्मी फण्डा ।  दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना हुने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले ग्रिन नेपाल ट्राभल्सको सहकार्यमा दुबईमा अवार्ड आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष एवं चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाका अनुसार विभिन्न क्षेत्रमा स्थापित भएका सामाजिक व्यक्तिहरू जसले नेपालको कला, संस्कृति, चलचित्र, पर्यटन र पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान गरेका छन्, उहाँहरूलाई आयोजक संस्थाले मूल्याङ्कनको आधारमा अवार्ड प्रदान गर्नेछ । 

नेपाली कला, साहित्य र चलचित्रका केही चलचित्रकर्मी र कलाकर्मीका साथै पत्रकार र दुबईमा रहेका प्रतिष्ठित व्यक्तिहरुलाई विशेष सम्मानका साथ अवार्ड प्रदान गरिनेछ । अगस्ट १७ अर्थात् भाद्र १ गते दुबईको क्लब एसके सेभेनमा आयोजना हुन लागेको अवार्डमा नेपालबाट कलाकार, अतिथि र पत्रकार गरी २० बढीको सहभागिता रहनेछ । 

जसमा अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, मोडल दीपक घिमिरे, निर्देशक कमल एक्चै मगर, नितिन चन्द, ओएसआर डिजिटलका ओम अग्रवाल, हाइलाईट्स नेपालका जनक तामाङ, चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामी लगायत सहभागी हुनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech