धिरज र उपासनाको मुख्य भूमिका रहेको फिल्म  ‘खुस्मा’ को टिजर सार्वजनिक(टिजरसहित)

फिल्मी फण्डा । अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको टिजरमा धिरज र उपासन प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ । 


एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक अशोक थापा मगर हुन् । लेखन समेत मगरकै रहेको फिल्ममा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सह–निर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ । 

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech