ट्रेन्डिङ नम्बर तीनमा लक्ष्मण सुवेदीको  ‘सतीदेवी’को ट्रेलर

फिल्मी फण्डा । आगामी भदौ ७ गते रिलिज हुने  फिल्म ‘सतीदेवी’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा छ । रिलिजको २४ घण्टाभित्र नै ट्रेन्डिङ्मा पर्न सफल ट्रेलर  फिल्म विधाको तेस्रो स्थानमा ट्रेन्डिङ छ ।

हालसम्म १ लाख ६५ हजार भिउज पाएको टिजरले ६.५ हजार बढी लाइक र उल्लेख्य सङ्ख्यामा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेलरले अर्ग्यानिक रूपमा नै युट्युबमा सफलता हात पारेको हो । 

टिजर रिलिज भएपछि फिल्मको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’  संवाद त्यतिबेलादेखि नै चर्चामा रहेको छ । सो संवादमा धेरै जना त्यसमा पनि अधिकांश महिलाहरूले रिल्स तथा टिकटक भिडियो बनाइरहेका छन् ।

समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने फिल्म लामो समय सिने पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् ।

फिल्ममा मलिकाका अलावा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बालकलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्म श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन् ।

सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकको मन जित्ने अपेक्षा निर्देशक सुवेदीको रहेको छ ।

https://youtu.be/CCa-VZobOWU?si=SFYl8CvVB97F3szh

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech